प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    काठमाडौं । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको हो ।

    उपमहासचिव जगन्नाथ खतिवडाले अगाडि भने, ‘सरकारमा जाने नजाने विषयमा अहिले टुंगोमा पुगेका छैनौं । छलफल अगाडि बढाउने निर्णय गरेका छौं ।’

    कसरी जाने, कति संख्यामा जाने जस्ता विषयमा छलफल हुन बाँकी रहेकाले सरकारमा जानेबारे निर्णय नगरेको उनले बताए ।