पल शाहले दोब्बर बनाए पारिश्रमिक, एउटा म्युजिक भिडियो खेलेको ३ लाख लिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पल शाहले दोब्बर बनाए पारिश्रमिक, एउटा म्युजिक भिडियो खेलेको ३ लाख लिने

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    काठमाडौ । अभिनेता एवं मोडल पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् । १ वर्षको जेल जीवन बिताएर गत महिना फर्किएका उनले म्युजिक भिडियोको लागि पारिश्रमिक दोब्बर बनाएका हुन् । यसअघि डेढ खालसम्म लगानी गरेर उनलाई म्युजिक भिडियोमा अभिनय गराउँदै आएका लगानीकर्ताले अब ३ लाख रूपैयाँ तिर्नुपर्नेछ । 

    पल निकट रहेका एक निर्देशकले भने, –‘उहाँले अब म्युजिक भिडियोमा ३ लाख रूपैयाँ लिने भन्नुभएको छ । पारिश्रमिक बढाएर बरु संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने उहाँको सोच छ ।’ 

    पलले अब पहिलेजसरी म्युजिक भिडियो नखेल्ने मनस्थिति बनाएको ति निर्देशकले बताए । पलले यसअघि १ देखि डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिँदै आएका थिए । संख्यात्मक हिसावले पनि उनका म्युजिक भिडियोहरू एकदमै धेरै आउने गरेका थिए ।