राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७९, मंगलवार

    काठमाडाै । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार भएको कार्यक्रममा केन्द्रका अध्यक्ष मधु आचार्य र महासचिव डा परमेश्वर पोखरेलद्धारा हस्ताक्षरित सम्मानपत्र अध्यक्ष आचार्यले राष्ट्रपति पौडेललाई प्रदान गरे ।

    सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी रहेकाले अबका हाम्रा काम र कार्यक्रम त्यसतर्फ लक्षित हुनुपर्ने धारणा व्यक्त गरे। विशेषत पिछडीएका ग्रामिण क्षेत्रका गरीव र निमुखा जनताको लाभ र हित हुने गरी काम गर्नुपर्ने आवश्यकता औल्याए ।

    मुलुकमा आएको राजनीतिक परिवर्तनसागै सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले नेपाली समाज, संस्था र राजनीतिक दलहरुको लोकतान्त्रिककरणमा निभाएको प्रवाभकारी भूमिकाको राष्ट्रपति पौडेलले प्रशंसा गर्दै आगामी दिनमा यस क्षेत्रमा अझै सशक्त ढंगले काम गर्नुपर्ने आवश्यकता औल्याए ।

    सो अवसरमा अध्यक्ष आचार्य, उपाध्यक्षहरु प्राध्यापक डा विष्णुशंकर पौडेल, वरिष्ठ अधिवक्ता सीताराम केसी, महासचिव डा पोखरेल, सचिव खगेन्द्र आचार्य, कोषाध्यक्ष डा राजकुमार राई, सल्लाहकारहरु बावुराम कुँवर, गणेशचन्द्र अधिकारी, भोजराज रेग्मी, वसन्त गौतम, डा मुक्ति श्रेष्ठ, सदस्यहरु कल्याणी रीजाल, विमला नेपाली, डा मुन्नि शर्मा, राजेन्द्रराज पौडेल, मुन्निलाल यादव, इन्द्रनारायण भैल, प्रभात आले, डिपी अधिकारी, कृष्णव्रत सिंह, डीना श्रेष्ठ लगायतको उपस्थिति थियो ।