मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७९, मंगलवार

    बुटवल । मनाङ मर्स्याङ्दी क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

    बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनायो । 

    मनाङका प्रशन्न श्रेष्ठले ३२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा चेतनकुमार थारुले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । 

    पुलिसका बुद्ध बल तामाङले ६२औं मिनेटमा एक गोल फर्काएपनि टिमको हार टार्न सकेनन् । 

    बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत मंगलबार मनाङ मर्स्याङदी र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

    दुई विभागीयसहित आठ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

    प्रतियोगितामा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, रक्षक र प्रशिक्षकलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दी म्याचलाई ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।