राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७९, बुधबार

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा बुधबार नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन् ।

    वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले आज राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उनको भनाइ छ ।

    वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ । गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिए । –––