खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्छ : पूर्वमन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्छ : पूर्वमन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७९, बिहीबार

    बारा । पूर्वमन्त्री एवं बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    नव जनजागृति युवा क्लवको आयोजनामा बिहीबारदेखि सुरु जीतपुर सिमरा गोल्डकपको उदघाटन गर्दै श्रेष्ठले खेलकुदमा नेपालले उल्लेख्य प्रगति हासिल गरेकाले यसमा सरकारले लगानी बढाउनुपर्ने बताए ।

    खेलकुदका कारण नेपाल विश्वमाझ चिनिन सफल भएको भन्दै श्रेष्ठले खेलकुदको विकासका लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई रु १० लाख, द्वितीय हुनेलाई रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल/स्कुटी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए। 

    गोल्डकपको मुख्य प्रायोजक जगदम्बा स्टिल सिमरा पावर्ड बाई जगदम्बा मोटर्स तथा मुख्य सहयोगी जितपुर सिमरा उपमहानगरपालिका रहेका छन्।

    प्रतियोगितामा विधागत पुरस्कार २० हजार, म्यान अफ द म्याच १० हजार र स्थानीय उदीयमान खेलाडी पुरस्कार १५ हजार प्रदान गरिने भएको छ।

    फुटबल प्रतियोगितामा गत वर्षको विजेता एनआरटी, गत वर्षको उपविजेता एपिएफ, हिमालयन शेर्पा क्लब, ब्वाइज युनाइटेड, सातदोबाटो युथ कल्ब, केबिए ग्लोबल, बिएएफसी चितवन, मकवानपुर–११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक क्लबसमेत गरी १० वटा टिमले भाग लिने छन्।