रास्वपाले तनहुँ-१ मा उम्मेदवारी दिने, बुर्लाकोटी संयोजक तोकिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपाले तनहुँ-१ मा उम्मेदवारी दिने, बुर्लाकोटी संयोजक तोकिए

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०७९, शुक्रबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ-१ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तनहुँ-१ सहित वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

    पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनले भने, “तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धन बिना उम्मेदवार दिने निर्णय भएको छ । ”

    बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन–२मा उपसभापति डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा–२मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकिएको हो ।