अर्को चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ : गगन थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अर्को चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ : गगन थापा

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०७९, शनिबार

    बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आम निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन् ।

    कांग्रेस क्षेत्रीय समितिले शनिबार भैरहवामा गरेको अन्तरक्रियामा महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

    अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ,’ थापाले भने, ‘८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ ।’