दमौली । तनहुँ-१ मा उपनिर्वाचन नजिकिदै गर्दा भानु नगरपालिकाका केही कांग्रेस कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । भानु नगरपालिका-१ का उपसभापति सहित सात जनाले पार्टी परित्याग गरेका हुन् ।
उनीहरुले पार्टीका जिल्ला सभापतिलाई सम्बोधन गर्दै राजिनामाको घोषणा गरेका छन् । वडाका उपसभापति श्याम जिसी, सदस्य सुरज बोहरा, भविन्द्र अधिकारी, नारायणराज पन्त, ज्ञानेन्द्र गुरुङ, टंकबहादुर जिसी र रोमबहादुर घर्तीले पार्टी परित्याग गरेका हुन् ।