मन्त्रालय भागबन्डामा माधव नेपालले भने, ‘अब नो कम्प्रमाइज !’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रालय भागबन्डामा माधव नेपालले भने, ‘अब नो कम्प्रमाइज !’

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७९, सोमबार

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएको एक साता बित्दा पनि आफू नेतृत्वको सरकारलाई पूर्णता दिन सकेका छैनन् । चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएकै दिन प्रधानमन्त्री प्रचण्डले चार दिन (चैत १०) भित्रै सरकारलाई पूर्णता दिने बताएका थिए । तर, एक साता बित्दा समेत सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा ठोस सहमति जुट्न सकेको छैन ।

    मन्त्रालय बाँडफाँटबारे सोमबार प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भए पनि कुनै सहमति जुट्न सकेन । प्रचण्ड र देउवासँगको भेटपछि आफूनिकट नेताहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष नेपालले मन्त्रालय भागबण्डामा अझै कुरा मिल्न नसकेको बताएका थिए । ‘मन्त्रालय भागबन्डामा अहिलेसम्म केही कुरा मिलेको छैन, मंगलबार पुन: छलफल गर्ने भनेर उठेका छौँ,’ नेता नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘हेरौँ, मंगलबार कुरा मिल्छ कि !’

    रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने दलहरूमध्ये राष्ट्रिय जनमोर्चाबाहेक १० दल सरकारमा सहभागी हुन चाहेका छन् ।

    चैत ६ यता १३ गतेसम्म प्रधानमन्त्री प्रचण्डले देउवासँग ३, माधव नेपालसँग ३ र महन्थ ठाकुरसँग १ पटक भेटवार्ता गरिसकेका छन् भने चैत ८ गते एक पटक गठबन्धन बैठक बोलाएका छन् ।