प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्री बनाउने एसको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्री बनाउने एसको निर्णय

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७९, बुधबार

    काठमाडौ । नेकपा (एकीकृत समाजवादी)ले पहिलो चरणमा प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको छ।

    बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताए। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले भने, “आज प्रकाश ज्वालालाई पठाउने निर्णय भएको छ। थप मन्त्रीका विषयमा पछि निर्णय हुनेछ।”

    ज्वाला एकीकृत समाजवादीका उपमहासचिव हुन्। गत मंसीर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनी सल्यानबाट निर्वाचित भएका थिए।

    प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन्। एकीकृत समाजवादीले भने तीन मन्त्रालय माग गरेको छ।

    अहिले मन्त्रिपरिषद् विस्तार गर्न एक मन्त्रीको नाम पठाउन प्रधानमन्त्री दाहालले अध्यक्ष माधवकुमार नेपालसँग आग्रह गरेका थिए। त्यसैका आधारमा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएर निर्णय गरिएको खनालले जानकारी दिए।