पोखरा । मनाङमा भिरबाट खसेका चिनियॉ पर्यटकको उद्धार गरिएको छ । ट्रेकिङको क्रममा नासो गाउँपालिका-२ खोत्रो भिरमा दुई सय मिटर तल खसेका Zhang Guocai को उद्घार गरिएको हो ।
प्रहरी र स्थानीयको सहयोगमा उनलाई उद्धार गरी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
मर्स्याङदी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा उनी बाटोबाट तल खसेका थिए । घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले निजको उद्धार गरि प्राथमिक उपचार गरेको थियो । घाईतेको स्वास्थ्य अवस्था गम्भीर भएकाले उपाचारको लागि स्वास्थ्य चौकी ताल हुँदै लमजुङको बेसिशहर पुर्याइएको छ ।