काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नायक राजेश हमाललाई तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उपचुनाव उठ्न प्रस्ताव गरेको छ।
वैशाख १० गते हुन लागेको उपचुनावमा स्वतन्त्र पार्टीले अरु कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । यसैबीच, हमाललाई उम्मेदवार बन्न प्रस्ताव गरेको पार्टी निकट स्रोतले बतायो ।
तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
यस्तै, रामसाहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको बारा २ तथा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पद गुमेपछि रिक्त रहेको चितवन २ मा पनि उपचुनाव हुँदैछ ।