तनहुँ–१ मा उपनिर्वाचन लड्न पार्टीले गरेको सिफारिस माओवादी नेता ढकालद्वारा अस्वीकार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँ–१ मा उपनिर्वाचन लड्न पार्टीले गरेको सिफारिस माओवादी नेता ढकालद्वारा अस्वीकार

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७९, शनिबार

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल ‘प्रशान्त’ ले तनहुँ– १ मा पार्टीका तर्फबाट उम्मेदवारका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै ढकालले तनहुँ जिल्ला पार्टी र तनहुँ काठमाडौँ सम्पर्क समन्वय समितिले उम्मेदवारका लागि गरेको सिफारिस अस्वीकार गरेका हुन् । 

    उनले आफ्नो उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण र अब उप्रान्त अभिावबकीय भूमिकामा रहने सोचाई भएकोले वैशाख १० गते हुने उपर्विाचनमा उम्मेदवार नहुने बताएका छन् । 

    जारी विज्ञप्तिमा उनले भनेका छन्– ‘मेरो उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण र अब उप्रान्त अभिभावकीय भूमिकामा रहने सोचाई भएकोले म आगामी वैशाख १० गते हुन गैरहेको उपनिर्वाचनमा तनुहँ जिल्ला क्षेत्र नम्बर १ को उम्मेदवार नहुने घोषणा गर्दछु ।’  माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव समेत रहेका ढकालले अबको पार्टी र राजनैतिक आन्दोलनको नेतृत्व युवा पंक्तिबाट हुनुपर्ने भन्ने आफ्नो मान्यता रहेको बताउँदै पार्टीका तर्फबाट हुने युवा उम्मेदवारलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

    ढकालले उम्मेदवारका रुपमा सिफारिस गर्ने तनहुँ जिल्ला पार्टी र तहनुँ काठमाडौँ सम्पर्क समन्वय समितिलाई धन्यवाद दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ सहित बारा र चितवनमा पनि  वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।