राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०७९, शनिबार

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछि उनी शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । 

    राष्ट्रपति पौडेल चिकित्सकहरुको निगरानीमा रहेको शिक्षण अस्पतालले जनाएको छ । 

    ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ,’ डिउटी अफिसरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।