राहदानी विवादमा रिट परेपछि रविले भने – कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राहदानी विवादमा रिट परेपछि रविले भने – कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्छु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी विवादमा परेको मुद्धामा कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्ने बताएका छन् । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्लेको उम्मेदवारी दर्तापछि साेमबार यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन् ।

    मुद्धाको सम्बोधन हुने भएपनि प्रतिशोध र षड्यन्त्रको सम्बोधन गर्न नसकिने सभापति लामिछानेको भनाई थियो । “आज एउटा मुद्धा पर्छ, भोलि अर्को पर्छ, यो त षड्यन्त्र हो भइरहन्छ,” लामिछानेले भने ।

    कुनै मान्छेलाई लखेट्ने गरी गरिएको गलत प्रवृत्तिको विरोध गदै लामिछानेले मुद्धा लड्ने एउटा प्रक्रिया भएको र उक्त प्रक्रियामा सहभागी हुने बताए। “कानुनी राज्यको प्रक्रियालाई सम्मान गर्दै त्यसमा सहभागी हुन्छ, कानूनी प्रक्रियाबाट भागेको मान्छे होइन,” लामिछानेले भने, “म त्यसबाट भागेको कहिले पो छु र ?”

    लामिछानेले आग्रह पूर्वाग्रहका बारे अदालतले पनि बुझ्ने बताउँदै यो मुद्धा हो की षड्यन्त्र हो अदालतले बुझ्नुपर्ने बताए ।