दमौली । तनहुँको देवघाट गाउँपालिका-२ की सय वर्षीया बुद्धिसरा थापाले देश बनाउने पार्टी एमाले मात्र रहेको बताएकी छन् । एमाले स्थायी कमिटी सदस्य किरण गुरुङको नेतृत्वमा शनिबार भएको घरदैलोका क्रममा उनले एमालेले मात्र देश बनाउन सक्ने बताइन् ।
‘एमालेले मात्र देश बनाउन सक्छ, यो पाली पनि मेरो भोट एमालेलाई नै हो,’ उनले भनिन् ।
सो क्रममा नेता गुरुङले एमालेको नेतृत्वमा मात्रै विकास सम्भव रहेको जनताले बुझिसकेको बताए ।
तनहुँ-१ मा एमालेका तर्फबाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् ।