यी हुन् आँबुखैरेनीका दश महिनाका उत्कृष्ट ३२ काम (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    यी हुन् आँबुखैरेनीका दश महिनाका उत्कृष्ट ३२ काम (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८०, मंगलवार

    दमाैली । आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षकाे दश महिनामा ३२ उत्कृष्ट कामकाे सूची सार्वजनिक गरेकाे छ । आर्थिक वर्ष २०७९/८० काे साउनदेखि चैत मसान्तसम्म गरिएका उत्कृष्ट कामकाे विवरण पालिकाले सार्वजनिक गरेकाे हाे ।

    यसअविधमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि पशुमा उल्लेख्य काम भएकाे आँबुखैरेनीले जनाएकाे छ ।

    पूर्णपाठ

    •  स्वास्थ्य

             २०७९।०८।०१ गतेवाट १५ सैयाको आँबुखैरेनी अस्पताल सञ्चालन

    • एक मे.सु सहित २ एम वि वि एस डाक्टर,
    •  २४ सै घण्टा ईमर्जेन्सी सेवा,
    • पेपरलेस अस्पताल(बिल देखी रिपोर्ट सम्म),
    • एक्स रे, ल्याब, भिडियो एक्स रे, इ. सि. जि, ओपिडि, ईमर्जेन्सी,सुत्केरी, रेबिज खोप, एबोर्सन लगायत
    • दैनिक १२० जना भन्दा बढिले व नियमिय स्वास्थ्य सेवा लिने,

     आँखा उपचार केन्द्र सञ्चानको लागि नेपाल नेत्रज्योति संघ, भरतपु, भरतपुर आँखा अस्पतालसँग सम्झौता , भवन निर्माण सम्पन्‍न भएको

    एम्बुलेन्स सेवाः सुत्केरी महिला,  जेष्ठ नागरीक, विपन्‍न परिवार वर्गलाई निःशुल्क सेवा र गाउँपालिकामा व्यवसाय दर्ता गर्ने व्यवासयीलाई २० % छुटको सेवा

     आँबुखैरेनी गाउँपालिकावासीहरुको हेल्थ प्रोफाइल निर्माणाधिन अवस्थामा, व्यक्तिको स्बास्थ्य अवस्था बमोजिम नियमित रुपमा टोलमै गई स्वास्थ्य परीक्षण सेवा

    क्यान्सर तथा जटिल रोगका विरामीहरुलाई गा.पाकै स्रोतवाट नगद रु ५०,००० आर्थिक सहायता प्रदान

    गण्डकी प्रदेशमा प्रथम स्थान हासिल( स्वास्थ्य रिपोर्टिङ )

     आँबुखैरेनीका १००% व्यक्तिहरुलाई कोभिड खोप लगाउन सफल

    विशेषज्ञ सहित निःशुल्क शिविर सञ्चालन

      दन्त शिविरः नेलम्बो नेपाल, पोखराको सहयोगमा ७९४ जना व्यक्तिहरु सेवा लिएको( दाँतको परीक्षण , सफा गर्ने, औषधी वितरण, एक्सरे, भर्ने, गिजाको उपचार)

    आँखा शिविर( भरतपुर आँखा अस्पताल, नेपाल नेत्रज्योती संघको सहयोगमा) १४६ जनाको मोतीविन्दु सहित आँखा उपचार

       नेपाल कलेजो केयर फाउण्डेसन, चितवनको सहयोगमा वृहत विशेषज्ञ सेवा प्रदान ( पेट तथा कलेजो रोग, मुटु दम, सुगर, प्रेसर, स्त्री तथा प्रसुती रोग,रंगिन भिडियो एक्सरे , प्रयोगशाला, एक्सरे)

    • शिक्षा क्षेत्र

    प्रा.वि मा गा.पाको अनुदानबाट स्वयं सेवक शिक्षकको व्यवस्थापन जसमध्ये एक जनाको तलव जनप्रतिनिधिको बैठक भत्तावाट व्यवस्थापन गर्दै आएको

    विद्यालय शैक्षिक सुधार अन्तर्गत

    (भौगोलिक अवस्थालाई मध्यनजर गर्दै विद्यालयलाई स्कूल बस खरिदको प्रकृया अगाडी बढाइएको

    विद्यालयको शैक्षिक गुणस्तर मापनको लागि सामुदायिक तथा संस्थागत विद्यायका विद्यार्थीहरुको Annual Status of Education Test गरिएको

    कक्षा ५ सम्मका विद्यार्थीहरुलाई ट्र्याकसुट जुत्ता झोला वितरण

    बसाई व्यवस्थापन डेस्क बेन्च, कक्षाकोठा रंगरोगन, स्मार्ट टेलिभिजन व्यवस्थापन, भवन  मर्मत कार्य

    CSN तथा साथी नेपाल संग साझेदारी गरी विद्यालय सुधार गुणस्तर सुधार कार्यक्रम सुचारु)

    MBBS अध्ययन, उच्च शिक्षा हासिल गर्न गरीब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति वितरण

    गाउँ शिक्षा कोष स्थापना गरिएको

    जनप्रतिधिको छोरा छोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गरिएको

    ई लर्निङ सेन्टर सञ्चानको लागि प्रकृया अगाडी बढाइएको

    बहुप्राविधिक विद्यालय स्थापना गर्ने भनि कार्यापालिकावाट समेत निर्णय भएको तर जग्गाको अभाव

    • पर्यटन

    ऐना पहरामा  कालीगणद्वारा Modern Sculpture Arts निर्माणाधिन(बुद्ध, आमाले बच्चा बोकेको, परी, गणेश भवनको आकार, भगवान शिवको आकार), सिसाको पुल निर्माण गर्नको लागि डिपियार तयार

    महाभारत शृंखलाको दोस्रो अग्लो स्थानमा रहेको छिम्केश्वरीमा केवलकार निर्माणको लागि अध्ययन अनुमति प्रदान, जिपलाइन को Feasibility Study, फार्म हाउस निर्माणको तयारी

    मर्स्याङ्दीको तोकिएको क्षेत्रमा Steamer boat, flyboard game)

    • पूर्वाधार

    गाउँपालिकावाट निःशुल्क नक्सा निर्माण,

    एक वडा एक सडक कालोपत्रे,

    अनलाईन नक्सापास प्रणाली सञ्चालन,

    नाला देखि ३ मिटर भित्र नियम विपरित रहके संरचना हटाई  आँबुखैरेनी बजार क्षेत्रमा फुट ट्र्याक निर्माण

    • कृषि/पशु

    कृतिम गर्भाधान मिसन कार्यक्रम संचालन

    कृषि व्यवसाय प्रवर्दन केन्द्र स्थापना(वडा नं ५ लाब्दीमा लोकल कुखुरा तथा कालिजको लागि खोर निर्माण भइरहेको)

    गा.पा क्षेत्र भित्र रहेका कुकुरहरुलाई रेबिज खोप लगाइएको

    लालीगुरास पार्क निर्माण गरिएको

                   हाट बजार सञ्चालन

                   एक वडा एक उत्पादन कार्यक्रम संचालन(  अकवरे खुर्सानी, फुलको नर्सरी स्थापना)

    • प्रशासनिक तथा अन्य

    गाउँपालिकाको केन्द्र सहित प्रत्येक वडाहरुमा नागरीक सेवा केन्द्र स्थापना भएको जहाँवाट निवेदन, फोटकपी देखि सम्पूर्ण सेवाहरु प्रादन भएको

    सबै क्षेत्रको( शिक्षा, स्वास्थ्य, सहकारी, खेलकुद, कृषि लगायत) स्थानीय समाजसेवीहरुलाई सम्मान गरिएको

    दिनहु सडक दुर्घटनामा परी देहावसन समेत भइरहेको अवस्थामा पालिकाको स्रोतवाट फुटट्र्याक निर्माण भईरहेको

    शहीद परिवार घाईते अपाङ्ग व्यक्तिहरुलाई जीवन निर्वाह भत्ता वितरण गरिएको

    टोल टोल तथा घर घरमानै बैंक प्रतिनिधि तथा गाउँपालिकाको प्रतिनिधि गई भत्ता वितरण गरिएको

    जेष्ठ नागरिकहरुलाई तीर्थयात्रा

    वडा तहवाटनै मेलमिलापको कार्य गर्नको लागि मेलमिलापकर्ता सम्बन्धी आवसीय आधारभूत तालिम

    • उद्यम विकास

    उद्यम विकास केन्द्र स्थापनाको लगि २ करोड बराबर मुख्यमन्त्री साझेदारी कार्यक्रम सञ्चालन भइरहेको

    विद्यार्थीहरुलाई कथा लेखन तथा चित्रकला तालिम प्रदान, डिप्लोमा कोर्ष सञ्चालन भइरहेको(कम्प्युटर)

    बासजन्य पदार्थवाट फर्निचर लगायत अन्य कलात्मक वस्तु निर्माणको लागि तालिम सञ्चालन

    महिलाहरुलाई टपरी बनाउने, रोटी बनाउने, पोतेवाट हार, माला बनाउने, पानीपुरी बनाउने तालिम दिएको

    • सुशासन

    विद्युतीय हाजिरी  जडान( आँबुखैरेनी गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था)

    अनलाईन राजस्व प्रणाली

    अनलाईन योजना सम्झौता

    डिजिटल नागरिक वडापत्र

    सूचना, विज्ञापन , प्रगती नियमित रुपमा पालिकाको वेवसाइट, फेसबुक, सूचना पाटीमा सम्प्रेसण गर्ने गरिएको