गाेविन्द भट्टराईलाई दश हजार मतान्तरले जिताउने किसानकाे घाेषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    गाेविन्द भट्टराईलाई दश हजार मतान्तरले जिताउने किसानकाे घाेषणा

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८०, मंगलवार

    दमाैली । नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद कृष्णकुमार श्रेष्ठ किसानले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गाेविन्द भट्टराईलाई दश हजार मतान्तरले विजयी गराउने घाेषणा गरेका छन् ।

    मङ्गलबार दमाैलीमा आयाेजित सत्तारुढ गठबन्धनकाे काेणसभालाई सम्बाेधन गर्दै श्रेष्ठले साझा उम्मेदवार भट्टराईकाे जित सुनिश्चित रहेकाे बताए । ‘काङ्ग्रेसका साथीहरु चिन्ता नलिनुस्, भट्टराईलाई दश हजार बढी मतान्तरले जिताउँछाै, बारामा गएर मैले दश हजार भन्दा बढी मतान्तरले जितेँ, दश हजार भन्दा कम ल्याउँदा त जितेकाे जस्तै नहुने रहेछ ।’

    उपनिर्वाचनका अन्य उम्मेदवारलाई यहाँका बारेमा केही जानकारी नभएकाे श्रेष्ठले बताए । ‘न उहाँहरुलाई ठाउँ थाहा छ, न समस्या थाहा छ । आफ्नो भोट कहाँ हाल्ने भन्ने जनता सचेत छन् ।’

    तनहुँमा बाहिरका मान्छे आएर चुनाव लड्न डराउनपर्ने अवस्थाको सिर्जना गर्ने श्रेष्ठले बताए ।