दमाैली । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि आज भइरहेको मतदानमा २१.३४ प्रतिशत मत खसेको छ । बिहान ११ः३० बजेसम्म २६ हजार तीन सय २१ मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
निर्वाचनमा एक लाख २३ हजार तीन सय पाँच मतदाता छन् । त्यसमध्ये १२ हजार पाँच सय ३८ महिला र १३ हजार सात सय ८३ पुरुषले मतदान गरेको कार्यालयले जनाएको छ । एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले विभिन्न मतदान केन्द्रको अनुगमन गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्री लगायत पनि मतदान केन्द्रको निरीक्षणमा खटिएका छन् ।