अस्पताल लगिएका बिरामी परीक्षण गर्ने स्वास्थ्यकर्मी नभएपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    अस्पताल लगिएका बिरामी परीक्षण गर्ने स्वास्थ्यकर्मी नभएपछि…

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८०, बिहीबार

    दमौली। तनहुँको भानु नगरपालिकास्थित पुरनडिही अस्पतालमा बिहीबार बिहान स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि गएका एक बिरामी फर्किनुपरेको छ ।

    भानु-४ तिलाहारका राजु विक उच्च रक्तचापले ढलेपछि उपचारका लागि अस्पताल लगिएकामा स्वास्थ्यकर्मी नभएपछि निजलाई कैलाश मेडिकल लगिएको हो ।

    चिकित्सकलाई फोन गर्दा कार्यालय समयमा मात्रै आउने बताएपछि निजलाई उक्त मेडिकलमा लगेर उपचार गरिएको आफन्तले जनाएका छन् ।