गायिका समिक्षा भन्छिन् : कसैले पनि सत्य कुरा सोध्न नै चाहेनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गायिका समिक्षा भन्छिन् : कसैले पनि सत्य कुरा सोध्न नै चाहेनन्

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८०, आईतवार

    दमौली । गायिका समिक्षा अधिकारीले सत्य कुरा बारे कसैले सोध्न नचाहेको बताएकी छन् । पछिल्लो समयको विवादपछि पहिलो पटक मिडियामा आएर अन्तरवार्ता दिँदै उनले आफ्नो बारेमा काल्पनिक कथा बनाइएको गुनासो गरिन् ।

    उनले भनिन्, ‘कसैले आएर मलाई कहिल्यै सोध्न नै चाहेनन् , सत्य कुरा केहो कसैले बुझ्न नै चाहेनन्। मात्र मेरो बारेमा काल्पनिक कथाहरु बनाइयो, चलचित्रका कथा झैँ हजार कथाहरु बुनियो, सत्य कुरा बाहिर ल्याउने कसैले प्रयास नै गरेन मात्र मलाई नै गलत देखाइयो। मलाई बोल्न नि दिइएन, बोल्ने वातावरण नि बनेन। मैले जे भोगे त्यो मलाई नै थाहा छ।’

    छोटो समयको जिन्दगीको त्यो भोगाइ आफूले सुनाए भने चलचित्र मात्र हैन उपन्यास नै बन्ने उनले बताइन् । उनले भनिन्, ‘म राम्रो गर्दा नि मलाई नराम्रो भन्न र दोष लगाउन छाडिएन। समय यस्तो थियो, म पीडामा थिए, निर्दोष थिए र नि म आफुलाई नै सहि हो भन्न छाडी सकेको थिए । भन्नेहरु ले भगवान गौतम बुद्धलाई त दोष लगाउछन, म त मान्छे न परे ।’