एमाले केन्द्रीय कमिटी बैठकमा उपनिर्वाचनको छलफल, तनहुँ-१ मा मत घट्नु चिन्ताको विषय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले केन्द्रीय कमिटी बैठकमा उपनिर्वाचनको छलफल, तनहुँ-१ मा मत घट्नु चिन्ताको विषय

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८०, बिहीबार

    काठमाडौ । नेकपा एमालेको बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उपनिर्वाचनको परिणामबारे छलफल भएको छ ।

    बैठकमा उपनिर्वाचन भएको तनहुँ-१, चितवन-२ को मतपरिणाममा कमी आउनु चिन्ताको विषय भएको औल्याइएको छ । मंसिरमा सम्पन्न निर्वाचनमा भन्दा उपनिर्वाचनमा कम मत आउनु र वर्तमान सत्ताको वैकल्पिक एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर विषय भएको जनाइएको छ।

    मंसिरमा सम्पन्न निर्वाचनमा तनहुँ-१ का एमाले उम्मेदवार एकबहादुर रानाले १९ हजार ९ सय ४३ मत ल्याएका थिए । वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा सर्वेन्द्र खनालले ८ हजार ४ सय ४८ मत ल्याएका थिए ।