दिपक मनाङे आउट हुँदा जीतप्रकाश मन्त्री पक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दिपक मनाङे आउट हुँदा जीतप्रकाश मन्त्री पक्का

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८०, शुक्रबार

    पोखरा । गण्डकी प्रदेशमा स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) मन्त्री बन्ने रेशबाट आउट हुँदा नेपाली कांग्रेसका जीतप्रकाश आले मन्त्री बन्ने पक्का भएको छ । उनी तनहुँ २ (ख) बाट निर्वाचित भएका हुन् ।

    मुख्यमन्त्रीले फोन गरेपछि सपथ लिन जान लागेको आलेले बताए । ४ बजेपछि नयाँ मन्त्रिको सपथ हुँदैछ । दिपक मनाङे मन्त्री बन्ने चर्चा भइरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इच्छा देखाएका थिएनन् । नेपाली कांग्रेस तनहुँका सभापति समेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट मानिन्छ । राष्ट्रपति पौडेलकै इन्ट्रेस्टमा उनी मन्त्री बन्न लागेका हुन् ।

    कांग्रेसबाट आलेसँगै नवलपूरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा मन्त्री बन्दैछन् । नेकपा माओवादी केन्द्रबाट म्याग्दीका रेशमबहादुर जुग्जाली दोहोरिदैँ छन् ।