पुलजीपबाट लागुऔषध सहित समातिए तीन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पुलजीपबाट लागुऔषध सहित समातिए तीन

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८०, सोमबार

    दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले ऑबुखैरेनी-४ पुलजीपबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

     पृथ्वी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले चितवनबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ९१७ न.को बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार त्न जनालाई लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

    पक्राउ पर्नेमा रौतहट इशनाथ नगरपालिका-३ का २० वर्षीय अरुण पटेल, चितवनको इच्छाकामना गाउँपालिका-६ पॉचकिलोकी ५० वर्षीया पुनम गुरुङ र ऑबुखैरेनी गाउँपालिका-४ आमवेशीडॉडा बस्ने ४२ वर्षीया माया गुरुङ छन् ।

    प्रहरीले पटेलको साथबाट डाईजेपाम १९८ एम्पुल,नोरफिन १९८ एम्पुल,फेनारागन १९८ एम्पुल गरी जम्मा ५९४ एम्पुल बरामद गरेको छ।

    त्यस्तै मायाको साथबाट गाडीको डिक्कीमा राखेको दुई वटा लगेज ब्याग र एक जेब्रा झोलामा २४ किलो गॉजा बरामद गरिएको छ ।