महेन्द्रनारायण राष्ट्रिय क्रिकेट : तनहुँबाट चन्द्रकान्त र समिर टिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    महेन्द्रनारायण राष्ट्रिय क्रिकेट : तनहुँबाट चन्द्रकान्त र समिर टिममा

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८०, शुक्रबार

    दमौली । जनकपुरमा जेठ १५ देखि २६ सम्म आयोजना हुने स्व. महेन्द्रनारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टिम घोषणा भएको छ ।

    गण्डकी प्रदेश क्रिकेट संघले उक्त प्रतियोगिताका लागि प्रदेशको टोली घोषणा गरेको हो ।

    उक्त टिममा तनहुँबाट चन्द्रकान्त पौडेल र समिर कंडेल समेटिएका छन्। यस्तै प्रदीप अर्याल वैकल्पिकमा छनोट भएका छन् ।

    प्रदेशको टिममा इश्वर क्षेत्री, दिपक डुम्रे, अभिषेक बस्नेत, अमृत गुरुङ, विपीन खत्री, सुभाष भण्डारी, कमल परियार, अशोक श्रेष्ठ, सन्दिप क्षेत्री, विधान श्रेष्ठ, दिनेश बुढा मगर, विपिनराज न्यौपाने छनोट भएका छन् ।