संघीय शिक्षा ऐन विपरितका सरुवा सच्याउन तनहुँका शिक्षक संघ संगठनको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संघीय शिक्षा ऐन विपरितका सरुवा सच्याउन तनहुँका शिक्षक संघ संगठनको आग्रह

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८०, शनिबार

    दमौली । तनहुँका शिक्षक संघ संगठनले शिक्षा ऐव विपरित स्थानीय तहले गरेका सरुवा सच्याउन माग गरेको छ । शिक्षक संघ संगठनले संयुक्त विज्ञप्ती जारी गरी शिक्षकलाई तर्साउने, मनोबल घटाउने हिसाबले गरिएका सरुवा सच्याउन माग गरेको हो ।

    नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, विद्यालय कर्मचारी परिषद्वारा जारी विज्ञप्तीमा तनहुँ जिल्लाको केही स्थानीय तहले संघीय शिक्षा ऐन विपरीत पालिकास्तरीय शिक्षा ऐन जारी गरी संघीय शिक्षा ऐन विपरीत शिक्षकलाई सरुवा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ से प्रदत्त गरेको शिक्षा सम्बन्धी २३ वटा अधिकार भन्दा बाहिर गएर केही पालिकाले शिक्षकहरुलाई मनोबल घटाउने, त्रास पैदा गर्ने गरि सरुवा आत नै मच्चाएको प्रति पेशागत घोर भत्र्त्सना गर्दछौं । संघीय शिक्षा ऐन विपरीत स्थानीय तहले गरिने कामकाज अविलम्ब सच्याउन सम्बन्धित पक्ष र स्थानीय तहसँग जोडदार माग गर्दछौं । यदि हाम्रो धैर्यता, सालिन अनुरोधलाई बेवास्त गरेमा आन्दोलनको कार्यक्रम घोषणा गर्नसमेत बाध्यहुने यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौ,’ विज्ञप्तीमा भनिएको छ ।