काठमाडाै । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । आज (शनिबार) सम्पन्न भएको उक्त प्रतियोगितामा उनी मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा स्रम्पन्न भएको ग्राण्ड फिनालेमा प्रधानले फाइनलमा पुगेका २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
उनलाई अघिल्लो वर्षकी मिस नेपाल उपाधि विजेता प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराइदिएका हुन् ।
ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितिन् । यसका साथै १२ सहविधाका विजेता समेत घोषणा उक्त समारोहमा घोषणा गरिएको छ ।