अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८०, शुक्रबार

    काठमाडाै । जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो ।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो । बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो ।

    आइतबारदेखि सबै अभियुक्तको थुनछेक बहस सुरु हुनेछ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सबै अभियुक्तको बयान आज सकिएको छ । आइतबारदेखि थुनछेक बहस प्रारम्भ हुनेछ । उक्त प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन् ।–––