भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या २ सय ३३ पुग्याे, ९ सय जति घाइते भएकाे अनुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या २ सय ३३ पुग्याे, ९ सय जति घाइते भएकाे अनुमान

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८०, शनिबार

    काठमाडौ । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ३३ पुगेकाे छ । यस्तै ९ सय जति घाइते भएकाे अनुमान गरिएकाे बीबीसीले जनाएकाे छ । 

    भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएकाे हाे । चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ । 

    भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उनले बताए ।

    दुर्घटनामा घाइते भएका एक सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको ओडिसाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यस्तै थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ ।