दोहोरो भत्ताबारे भानुका जनप्रतिनिधिले भने : कर्मचारीको अपरिपक्वताले खातामा पैसा आएको हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोहोरो भत्ताबारे भानुका जनप्रतिनिधिले भने : कर्मचारीको अपरिपक्वताले खातामा पैसा आएको हो

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८०, सोमबार

    दमौली । भानु नगरपालिकाका जनप्रतिनिधिले दोहोरो भत्तासम्बन्धमा कर्मचारीको अपरिपक्वताका कारण खातामा हालिएको प्रष्टीकरण दिएका छन् ।

    भानुका जनप्रतिनिधिले दोहोरो भत्ता बुझ्ने गरेको सम्बन्धी समाचार खबरपुञ्ज डटकमले प्रकाशित गरेपछि उपप्रमुख उमा गोतामे, ४ नम्बरका वडाध्यक्ष अर्जुनबहादुर बोहोरा, १० नम्बरका अध्यक्ष हरिहर उप्रेती र कार्यपालिका सदस्य वृन्दा रानाभाटले सोमबार प्रेस विज्ञप्ती मार्फत् उक्त प्रष्टीकरण दिएका हुन् ।

    विज्ञप्तीमा नगरपालिकाका बहालवाला जनप्रतिनिधिले दोहोरो भत्ता बुझेको भनी महालेखा प्रतिवेदनको आधार भन्दै विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

    कर्मचारीको अपरिपक्वताका कारण प्रत्येक अनुगमनमा खटिएको अनुगमन भुक्तानीको रकम हस्ताक्षर नै नगराई, थाहानै नपाई खातामा हालेको भनी कर्मचारीबाट उत्तर आएकाले अब आइन्दा यस्ता क्रियाकलाप नगर्ने भन्ने कर्मचारीबाट प्रतिवद्धता व्यक्त भएको विज्ञप्तीमा उल्लेख छ ।

    विज्ञप्तीमा भनिएको छ, ‘हामी उप प्रमुख, वडा अध्यक्षको हैसियतमा रहेर कार्य गर्दै आउँदा सामाजिक कार्यमा अग्रसर हुदै अगाडी बढेको साथै व्यक्तिगत लाभको विषयमा हाम्रो कुनै मनसाय (लालशा) नभएको यहाँहरु माझ अवगतै छ । नगरपालिकाको हरेक आर्थिक क्रियाकलाप पारदर्शी होस् भन्ने हेतुले बारम्बार कार्यपालिका बैठकमा भत्ता लगायत अन्य कर्मचारी र जनप्रतिनिधिले लिने सेवा सुविधा कटौती हुनुपर्छ भन्ने माग राख्दा राख्दै आएका छौ ।’

    उनीहरुले उक्त रकम जसरी हालिएको थियो त्यसरी नै फिर्ता होस् भन्ने पनि माग गरेका छन् ।