बालेनको सिको गर्दै पोखरामा पनि आदिपुरुष प्रदर्शनमा रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बालेनको सिको गर्दै पोखरामा पनि आदिपुरुष प्रदर्शनमा रोक

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको सिको गर्दै पोखरामा पनि आदिपुरुष प्रदर्शनमा रोक लगाइएको छ ।

    महानगरपालिका प्रमुख धनराज आचार्यले आइतबार पत्र लेख्दै ‘आदिपुरुष’ मा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन निर्देशन दिएका छन् ।

    पत्रमा ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ ।