दमाैली । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ तनहुँले माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी टाइपिङ प्रतियोगिता गर्ने भएको छ । क्यानले शनिबार आदिकवि भानुभक्त क्याम्पसमा टाइपिङ प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा एक विद्यालयबाट तीन जना विद्यार्थी सहभागी हुन सक्ने क्यानका अध्यक्ष विश्वप्रकाश भुषालले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार, निःशुल्क कम्प्युटर कोर्स र प्रमाणपत्र, दोस्रो हुनेलाई रु तीन हजार, निःशुल्क कम्प्युटर कोर्स र प्रमाणपत्र र तेस्रो हुनेलाई रु दुई हजार, निःशुल्क कम्प्युटर कोर्स र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी पाँच जनालाई कम्प्युटरको जुनसुकै कोर्समा पूर्ण छात्रवृत्ति र १५ जनालाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।