दमाैली । कम्प्युटर एसोसिएसन महासङ्घ तनहुँ र आदिकवि भानुभक्त क्यम्पसको संयुक्त आयाेजनामा शनिबार सम्पन्न टाइपिङ प्रतियाेगितामा मनिला अधिकारी प्रथम भएकी छन् । प्रतियाेगितामा एसइइ दिएर बसेकी खैरेनीटारकी मनिला अधिकारी प्रथम भएकी छन् ।
उनले १५ मिनेटमा तीन सय सात शब्द टाइप गरी प्रथम स्थान हासिल गरिन् । दमौलीका समीर रोकाले दुई सय ७१ शब्द टाइप गरी दाेस्राे र दमाैलीकै निशा आचार्यले दुई सय ६९ शब्द टाइप गरी तेस्राे स्थान हासिल गरे ।
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार प्रदान गरिएकाे छ । विजयीहरुलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपानेले पुरस्कार वितरण गरेका थिए ।