गुरुपूर्णिमामा सिर्जना टोल आमा समूहद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    गुरुपूर्णिमामा सिर्जना टोल आमा समूहद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८०, सोमबार

    दमौली । व्यास नगरपालिका-३ स्थित सिर्जना टोल आमा समूहले गुरुपूर्णिमाको अवसरमा सोमबार ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

    व्यास-३ का वडाध्यक्ष अनुप राना, आमा समूहकी अध्यक्ष सरिता श्रेष्ठले ज्येष्ठ आमाबुबालाई दोसल्ला, अबिर र फूलको गुच्छाले सम्मान गरेका हुन् ।

    वडाध्यक्ष रानाले पवित्र दिनमा राम्रो कामको सुरुआत गरेको बताउँदै रचनात्मक कामलाई निरन्तरता दिन आग्रह गरे ।

    निवर्तमान वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठले आमा समूहले टोलको जेष्ठ नागरिकलाई सम्मान गरेर उदाहरणीय कामको थालनी गरेको र आगामी दिनमा यस्ता राम्रो काम गर्न सफलता मिलोस् भन्ने शुभकामना दिए ।

    सम्मानित ब्यक्तिको तर्फबाट सु. बल बहादुर रानाभाट, छिमेकी टोल व्यास- ४ जलदेबी ख का अध्यक्ष टिका गिरी, सिर्जना टोलका उपाध्यक्ष ठाकुर प्रसाद पौडेल लगायतले बोलेका थिए ।

    पहिलो पटक आमा समूहले टोल स्थित बाबा आमालाई हामी सबैको गुरु हो भन्ने ठानेर यो पबित्र अवसरमा सम्मान कार्यक्रम गरिएको आमा समूहकी अध्यक्ष सरिता श्रेष्ठले बताइन्। उनले भनिन्, ‘बाबा आमाको सम्मान हाम्रो पनि सम्मान र बाबा आमालाई माया दिँदा हामीले पनि माया पाउँछो त्यसैले मेरो कार्यकालको सुरुआत यस पावन अवसर पारी बाबा आमाको सम्मान र उहाँहरूबाट आशीर्वाद लिन यो कार्यक्रमको आयोजना गरिएको हो ।’