दमौली। शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध ढोरवाराही मन्दिरमा साउन महिनाभर पूजा नहुने भएको छ । मन्दिरमा साउन महिनाभर भाकल पूजा नहुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
हरेक वर्ष जस्तै साउन महिनाभर मन्दिरमा भाकल पुजा स्थगित भै साउनको अन्तिममा बहाली पुजा पश्चात पुनः संचालन हुनेछ।
पर्यटकीय भ्रमण अवलोकन तथा मनोरञ्जनका निम्ति कुनै बन्देज नभएको जनाइएको छ ।