वडाध्यक्ष केसीले क्यान्सर पीडित र बिरामीलाई सहयाेग गरेर जन्मदिन मनाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    वडाध्यक्ष केसीले क्यान्सर पीडित र बिरामीलाई सहयाेग गरेर जन्मदिन मनाए

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । आँबुखैरेनी गाउँपालिका-३ का वडाध्यक्ष दिनेश केसीले जन्मदिनकाे अवसरमा क्यान्सर पीडित, अस्पतालका बिरामी र राष्ट्रिय आविष्कार केन्द्रलाई सहयाेग गरेका छन् ।

    केसीले जन्मदिनकाे अवसरमा आँबुखैरेनी-३ का २ वर्षीय बाेनम्याराे क्यान्सर पीडितलाई रु पाँच हजार सहयाेग गरेका छन् । त्यस्तै राष्ट्रिय आविष्कार केन्द्रलाई रु दश हजार, आँबुखैरेनी अस्पतालका बिरामीलाई फलफूल वितरण र कृष्ण मन्दिर वृद्धाश्रमलाई तीन बाेरा चामल सहयाेग गरेका छन् ।

    जन्मदिनकाे अवसरमा फजुल खर्च भन्दा सहयाेगकाे आवश्यकता भएकाहरुलाई केही सानाे सहयाेग गर्न पाउँदा खुसी लागेकाे केसीले बताए ।