काठमाडौ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको सदस्य पदमा तनहुँका रोशन तिवारीले उम्मेदवारी घोषणा गरेका छन् ।
व्यास नगरपालिका-१ मोहोरियाटार भएका तिवारी विगत पॉच वर्षदेखि माल्टामा छन् ।
लामो समयदेखि माल्टामा रहेर हरेक नेपालीहरुको दुख सुखलाई नजिकैबाट नियाल्दै हरेक समस्याको समाधान गर्न पछि नहट्ने तिवारीले सदस्य पदमा उम्मेदवारी दिएका छन्।
सानै देखि सामाजिक काममा रुची भएका रोशन माल्टामा रहँदै गर्दा पनि मातृभूमि नेपाल र नेपालीका लागि काम गर्ने विभिन्न संस्थामा आबद्ध भई सहयोग गर्दै आईरहेका छन् ।
नेपाली समाज लगायत माल्टामा बस्ने सबैजनासँग सहकार्य गर्दै केही गर्नुपर्छ भन्ने सोँच र हौसला राख्दै पहिलो पटक सदस्यमा उम्मेदवारी दिएको उनले बताए ।
उनले समग्र माल्टामा रहेका नेपालीहरूलाई आफू पदमा नरहदा पनि धेरै काम गरेको र केही गर्नकै लागि सदस्यमा उम्मेदवारी दिएकाले अत्याधिक मत दिएर विजयी गराउन आग्रह गरे।