पोखरा । गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संचार क्षेत्रमा महिला पत्रकारहरुलाई समान अवसर र पहुँच स्थापित गराउनुपर्नेमा जोड दिएका छन् । क्रियाशिल महिला पत्रकार गण्डकीले शुक्रवार आयोजना गरेको शिक्षासेवी स्व. हरिशचन्द्र वाग्ले क्रियाशिल महिला पत्रकारिकता पुरस्कार वितरण कार्यक्रममा उनवे गण्डकी प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयकका बारेमा सकारात्मक सुझाब दिन पत्रकारहरुलाई अनुरोध गरे ।
साथै उनले उक्त विधेयकले निश्पक्ष, स्वतन्त्र र भयरहित पत्रकारिताको विकासका साथै संचार माध्यामको सवलिकरणमापनि मद्धत पुग्ने बताए ।
यस वर्ष क्रियाशिल महिला पत्रकार गण्डकीले क्रियाशिल महिला पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष सोनी शर्मालाई सम्मान गरेको हो ।