आज दिनभरी झरीको सम्भावना, मधेस प्रदेशमा पनि वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज दिनभरी झरीको सम्भावना, मधेस प्रदेशमा पनि वर्षा

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८०, मंगलवार

    काठमाडौ । आज दिनभरी झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ ।

    लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गोविन्द झाका अनुसार आज दिनभरी नै पानी पर्ने सम्भावना छ । भोलि पनि यसैगरी पानी पर्ने उनले बताए ।

    पर्सि भने आज र भोलिको तुलनामा कम पानी पर्ने अनुमान छ । यस्तै, खासै पानी नपरेको मधेस प्रदेशमा पनि गएरातिदेखि पानी परिरहेको छ । मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा भइरहेको र अझै हुने सम्भावना रहेको मौसमविद् झाले बताए ।

    आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।