दमाैली । तनहुँको भिमाद नगरपालिका–६ एकताटोलमा आज फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निस्कृय बनाएको छ । स्थानीय दामोदर सिग्देलको घरको जग्गा खन्ने क्रममा फेला परेको ‘ह्याण्ड ग्रिनेट’ नेपाली सेनाले निस्कृय बनाएको हो ।
व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को प्राविधिक सहयोगमा उक्त वस्तु निस्कृय बनाइएको हाे ।
सिग्देलले कम्पाउण्ड निर्माणका लागि जग्गा खन्ने क्रममा आज बिहान उक्त वस्तु फेला पारेका थिए । उनले नेपाल प्रहरीलाई खबर गरेकामा प्रहरीले सेनाको सहयोगमा उक्त वस्तु निस्कृय बनाएको हो ।