पोखरामा ट्रकको ठक्करबाट तनहुँकी वर्षाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा ट्रकको ठक्करबाट तनहुँकी वर्षाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८०, मंगलवार

    पोखरा । पोखरामा सोमबार दिउसो भएको सडक दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

    ट्रकको ठक्करबाट स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका—४ का २० वर्षीया वर्षा कुमालको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    पोखराको पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३००१ क ०२६३ नम्बरको ट्रकले सभागृहचोकको आइल्याण्ड नजिक ठक्कर दिएको थियो ।

    ठक्करपछि गम्भीर घाइते कुमाललाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा ३ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

    दुर्घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयमा बैदाममा राखेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।