काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हङकङ तथा दिल्ली उडान गर्ने भएको छ।
काठमाडौँलाई ट्रान्जिट बनाएर यो उडान गर्न लागिएको निगमले जनाएको छ। निगमले आज (१२ भदौ) देखि नियमित रूपमा उडान भर्ने गरी बुकिङ खुला गरेको छ।
निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् ।
यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइने बताइएको छ ।