प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८०, मंगलवार

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । सो अवसरमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सहभागिता र चीन भ्रमण, विचाराधीन विभिन्न विधेयकका सम्बन्धमा छलफल भएको थियो ।–––