विद्यालयलाई एक लाख बढी सहयोग गर्ने गुरुङ सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    विद्यालयलाई एक लाख बढी सहयोग गर्ने गुरुङ सम्मानित

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८०, आईतवार

    दमौली । भानु नगरपालिका-१२ स्थित विद्या निकुञ्ज माध्यमिक विद्यालयलाई एक लाख ६ सय सहयोग गर्ने पूर्व विद्यार्थी किशोर प्रकाश गुरुङ सम्मानित भएका छन् ।

    भानु नगरपालिका-१० निवासी विद्यालयका पूर्व विद्यार्थी गुरुङलाई पूर्व विद्यार्थी मञ्चले सम्मान गरेको हो ।

    विद्यालयको खानेपानी तथा कम्प्युटर कक्षा व्यवस्थापनका लागि पुर्व विद्यार्थी मञ्च मार्फत गुरुङले उक्त रकम सहयोग गरेका थिए । उक्त कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका तर्फबाट मञ्चका अध्यक्ष राजु थापा मगरले गुरुङलाई मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मानित गरे। विद्यालयको तर्फबाट प्रधानाध्यापक तथा व्यवस्थापन समितिले समेत सम्मान व्यक्त गरेको थियो ।

    आफू सानोमा अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाएकामा आफू गौरवान्वित भएको गुरुङले बताए । साथै आगामी दिनमा पनि पूर्व विद्यार्थी मञ्चसँग समन्वय गर्दै सहयोग गर्ने आशय उनले व्यक्त गरे ।

    गत वर्ष आएको अविरल वर्षाले विद्यालयमा खानेपानीको स्रोतमा क्षति पुर्याएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खानेपानीको समस्या भएपछि पूर्व विद्यार्थी मञ्चले सो समस्या समाधान गर्नका लागि अभियान नै चलाएको थियो ।

    उक्त सम्मान कार्यक्रम संयोजन पूर्व विद्यार्थी मञ्च सचिव विकास लम्साल र सहायक प्रधानाध्यापक सन्तोष गोदारले गरेका थिए ।
    विद्या निकुञ्जमा पूर्व विद्यार्थी मञ्च मार्फत सहयोग गर्ने पूर्व विद्यार्थीलाई पूर्व विद्यार्थी मञ्चले सम्मान गर्ने गरेको मञ्चका सचिव विकास लम्सालले जानकारी दिए ।