जामुनेमा आजदेखि तीज प्रतियोगिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    जामुनेमा आजदेखि तीज प्रतियोगिता

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८०, सोमबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित न्यू भिजन युवा क्लवको आयोजनामा सोमबारदेखि सुरु हुने एघारौ खुल्ला तीज गीत प्रतियोगिताको तयारी पूरा भएको क्लवका अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगिताको सबै तयारी पूरा भएको क्लवले जनाएको छ। ‘विकृतिलाई तिरस्कार गरौ संस्कृतिकाे जगेर्ना गरौ’ भन्ने नारासहित सुरु हुने प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।

    प्रतियोगिताको सहआयोजकमा भिरपानी सामुदायिक वन उपभोक्ता समिति जामुन टोल विकास संस्था र मिडिया पार्टनरमा खबरपुञ्ज डटकम रहेको छ । प्रतियोगिताको अवसरमा गायिका सम्झना लामिछाने मगर, माेडल तथा म्याजिक डान्सर मिना गिरी, २३ इन्च हाेचा व्यक्ति मनाेज गाेर्खाली, हास्य कलाकार तथा जादुगर राजेन्द्र गिरी र तनहुँ गट ट्यालेन्ट सिजन १ का विजेता निराजन श्रेष्ठकाे प्रस्तुती रहनेछ ।

    प्रतियाेगितामा प्रथम हुनेलाई रु २० हजार २ सय २२, द्वितीय हुनेलाई रु १३ हजार ३ सय ३३ र तृतीय हुनेलाई रु ७ हजार ७ सय ७७ प्रदान गरिनेछ । साथै उत्कृष्ट नृत्य गर्नेलाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ ।

    क्लवले उक्त कार्यक्रमबाट उठेकाे रकमले राधा माध्यामिक विद्यालयमा सरस्वती मन्दिर निर्माण गर्ने क्लवका प्रेस संयाेजक विमल प्रधानले जानकारी दिए । क्लवले युवाको नेतृत्व विकास, सामाजिक विकृति र विसंगतिका विरुद्धमा विभिन्न कार्यक्रम तथा विपन्नलाई आर्थिक सहयाेग गर्दै आएको छ।