शिक्षकको जायज माग पूरा गरी विद्यालय सञ्चालनको वातावरण बनाउनुपर्छ : शुक्र चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शिक्षकको जायज माग पूरा गरी विद्यालय सञ्चालनको वातावरण बनाउनुपर्छ : शुक्र चुमान

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षकको जायज माग पूरा गर्नुपर्ने बताएका छन्। प्रस्तावित शिक्षा विधेयकको विरोधमा बुधबारदेखि शिक्षकहरु आन्दोलित भएपछि चुमानले शिक्षकको जायज माग पूरा गरी विद्यालय सञ्चालनको वातावरण बनाउनुपर्ने बताए ।

    उनले भने, ‘निजामति र शिक्षकको सेवा सुविधा समान गरौं । सरकारी विद्यालयको गुणस्तर को लागि सबै जुटौ । संविधानले व्यवस्था गरेको पालिकाको अधिकार कुण्ठित गर्ने कुचेष्टा नगरौ ।’

    शिक्षा विधेयकको विरोधमा तनहुँका शिक्षक आन्दोलनका लागि काठमाडौ पुगेका छन्। उनीहरुले बिहीबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।