लोक दोहोरी अवार्डको सर्वाेत्कृष्ट लोक दोहोरी नवगायकको सूचीमा बसन्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लोक दोहोरी अवार्डको सर्वाेत्कृष्ट लोक दोहोरी नवगायकको सूचीमा बसन्त

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८०, बिहीबार

    दमाैली । आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड २०८० को सर्वोत्कृष्ट लोक दोहोरी नवगायकको सूचीमा तनहुँका बसन्त विश्वकर्मा मनोनयन भएका छन् ।

    विश्वकर्मा साइली गीत मार्फत् दुई विधाबाट उक्त सूचीमा मनोनयन हुन सफल भएका हुन् । विश्वकर्मा साइली गीतमार्फत् सर्वोत्कृष्ट लोक दोहोरी नव गायक र सोही गीतमार्फत् सर्वोत्कृष्ट लोक दोहोरी गीतको विधामा छनोट भएका हुन् ।

    आफ्नो सिर्जनालाई मूल्यांकन गरिदिएकामा धन्यवाद दिँदै उनले भोट गरेर जिताउन अपिल गरेका छन् ।

    भोटका लागि इसेवामार्फत् भोटिङ एण्ड इभेन्टसमा गएर लोक दोहोरी अवार्डमा क्लिक गरी नवगायकमा बसन्त विश्वकर्मालाई भोट गर्नुपर्नेहुन्छ ।