जनतासँग माओवादी रुपान्तरण अभियान : सहिद पार्कमा श्रमदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    जनतासँग माओवादी रुपान्तरण अभियान : सहिद पार्कमा श्रमदान

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८०, बिहीबार

    दमौली । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत शुक्लागण्डकी नगर कमिटीका माओवादीका नेता तथा कार्यकर्ताहरु बिहीबार सहिद पार्कमा श्रमदानमा जुटेका छन् ।

    माओवादीका नेता कार्यकर्ताहरुले शुक्लागण्डकी-२ स्थित सहिद पार्कमा सरसफाई तथा श्रमदान गरेको नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

    अभियानका क्रममा देशका अन्य क्षेत्रमा समेत माओवादीले यस प्रकारको विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरु गर्दै आएका छन् । माओवादीले गत भदौ १६ गतेदेखी देशभर एकसाथ जनतासँग माओवादी रुपान्तरण अभियान सञ्चालन गरेको छ । अभियान मंसिर १६ गते सकिदैछ ।