एमाले नेता सिग्देलद्वारा गण्डकी प्रदेश सचिवमा उम्मेदवारी घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एमाले नेता सिग्देलद्वारा गण्डकी प्रदेश सचिवमा उम्मेदवारी घोषणा

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८०, शुक्रबार

    दमौली । नेकपा एमालेका नेता विष्णुभक्त सिग्देलले एमाले गण्डकी प्रदेश सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । असोज १५-१६ गते हुने प्रथम अधिवेशनमा सिग्देलले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    हाल गण्डकी प्रदेश सचिवालय सदस्य रहेका सिग्देलले पार्टीमा आफ्नो भूमिकाको मूल्याकंन हुनेमा विश्वास व्यक्त गरेका छन् ।

    एमाले तनहुँको कार्यवाहक सचिव रहिसकेका सिग्देल अनेरास्ववियुको पटक-पटक केन्द्रीय सदस्य भइसकेका छन् ।